तपाईँ सुन्दै हुनुहुन्छः

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

चितवन । चितवनमा बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ ।

राप्ती नगरपालिका–१ की ५५ बर्षीया सोतीमाया तामाङको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज अपराह्न ४ बजे चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्ने क्रममा उनलाई बाघले आक्रमण गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button