तपाईँ सुन्दै हुनुहुन्छः

विमान दुर्घटना र मानवीय क्षतिप्रति काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसले हिजो पोखराबाट जोमसोमको लागि उडेको तारा एअरको यात्रुवाहक जहाज मुस्ताङको थसाङ गाउँपालिका २ को सानोस्वारे भीरमा दुर्घटना हुँदा विमानमा सवार चालक दलका सदस्यसहित सम्पूर्ण यात्रुहरूको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

काँग्रेसले अकल्पनीय दुर्घटनामा जीवन गुमाउनुहुने विमान चालक, सहचालक, परिचारिका र यात्रुहरू सबैमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत प्रकट गरेको छ ।

प्रवक्ता डा. प्रकाश शरण महतद्वारा जारी समवेदना पत्रमा नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न पनि सरकारसँग माग गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button