सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलको पदावधि थप
काठमाडौँ । सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा प्रकाश बहादुर श्रेष्ठलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सो निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै सरकारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलको पदावधि थप गरेको छ ।
यसैगरी राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहलाई बेल्जियमको ब्रसेल्स र प्रधान सेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई लेबनान, सिरिया र संयुक्त राज्य अमेरिका भ्रमणमा जान स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले जानकारी दिनुभयो ।
सरकारले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा पदाधिकार रहेका प्रमुख कन्सल्टेन्ट अब्स्ट्रेटिक्स एन्ड गाइनोकोलोजिष्ट डा. जागेश्वर शर्मा गौतमले दिएको राजीनामा स्वीकृत गर्नुका साथै नेपाल राष्ट्र बैङ्क लिमिटेडको स्वामित्वमा सुर्खेतमा रहेको जग्गा नेपाल राष्ट्र बैङ्कलाई लिजमा दिन स्वीकृति समेत दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्