प्रतिनिधिसभामा आगामी आवको बजेट टेबल, अर्को बैठक जेठ १७ गते बिहान ११ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबल भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट टेबल गर्नुभयो । सभामुख अग्निप्रसाद सापकोटाले बजेटमाथि सैद्धान्तिक छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले दिने जवाफका लागि यही जेठ १७, १८ र १९ गतेको दिन तोक्नुभएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १७ गते बिहान ११ बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्