नदीमा डुबेर कैलालीमा दुई बालकको मृत्यु
टीकापुर कैलाली । नदीमा डुबेर कैलालीको धनगढीमा दुई बालकको मृत्यु भएको छ ।
मोहना नदीको चटकपुर–राजघाट जोड्ने पुलको मुनि पौडी खेलिरहेका बेला डुबेर आज दिउँसो दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
डुबेर मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
मध्यान्ह १२ बजेतिर पुलमुनि नुहाइरहेका बेला उनीहरू दुवै जना नदीमा डुबेका थिए ।








प्रतिक्रिया राख्नुहोस्