कालीगण्डकी नदीमा युवती मृत फेला
पाल्पा । जिल्लाको रम्भा गाउँपालिका–१, हुँगीस्थित कालीगण्डकी नदीमा एक जना युवती मृत फेला परेकी छिन् ।
रम्भा गाउँपालिका–१, अमली बस्ने २२ वर्षका अस्मिता विश्वकर्मा कालीगण्डकी नदीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
गएको जेठ ११ गते घरदेखि एक्लै हिँडेकी विश्वकर्मा घरदेखि तीन किलोमिटर टाढा कालीगण्डकी नदी किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
खोजतलास गर्ने क्रममा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । युवतीको के कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्