तपाईँ सुन्दै हुनुहुन्छः

हराइरहेको तारा एयर जहाजको खोजी कार्य जारी 

काठमाडौँ । पोखराबाट जोमसोमको लागि ९ः५५ बजे उडेको १९ यात्रु र ३ चालक दलका सदस्य सहित सम्पर्क विहीन भएको तारा एयरको जहाजको खोजी कार्य जारी रहेको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै तारा एयरको ट्विन अटर (9 NAET) विमान अन्तिम पटक जोमसोम टावरसँग १०.७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सो पश्चात् विमान सम्पर्क विहीन भएको जनाएको छ । 

विमानको खोजतलासका लागि फिस्टेल एयरको हेलिकप्टरलाई त्यसतर्फ पठाइए पनि मौसम प्रतिकुलताका कारण उक्त हेलिकप्टर पुन जोमसोममा नै फर्किएको विज्ञप्तिमा उल्लेख छ । 

हराइरहेको विमानलाई खोजी तथा उद्धार कार्यका लागि  काठमाडौँ, पोखरा र जोमसोममा हेलिकप्टर तयारी अवस्थामा रहेको र मौसम अनुकूल हुने बित्तिकै हवाई मार्गबाट खोजी कार्य तीव्र गरिने प्राधिकरणले जनाएको छ । 

स्थलमार्गबाट नेपाली सेना र प्रहरी विमान सम्पर्कविहीन भएको स्थानतर्फ प्रस्थान गरिसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button