सिद्धार्थनगर नगरपालिकाको कार्यपालिकामा एमालेका ५ जना र राप्रपाका ३ जना सदस्य विजयी
भैरहवा । सिद्धार्थनगर नगरपालिकाको कार्यपालिकाको निर्वाचनमा नेकपा एमाले र राप्रपाका सदस्यहरु विजयी भएका छन् ।
जम्मा ८ सदस्यमा भएको निर्वाचनमा नेकपा एमालेबाट ५ जना र राप्रपाबाट ३ जना सदस्य निर्वाचित भएका हुन् ।
नेकपा एमालेबाट बिना ज्ञवाली, रुपा कुमारी सुनार बराइली, दुर्पता पनेरु, सबिता हरिजनले ३६ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत धन सिंह महराले जानकारी दिनुभयो ।
त्यस्तै, राप्रपाका गइतिरा चमारले ३५, शिवनारायण कोइरीले ३८, केदार प्रसाद बरइले ३५ मत प्राप्त गरी विजयी विजयी हुनुभएको छ ।
सिद्धार्थनगरमा जम्मा २३ पदको कार्यपालिका सदस्य रहेका छन् । नेकपा एमालेका १ उपमेयर ४ वडा अध्यक्ष र ५ सदस्य गरी जम्मा १० जना भएका छन् । राप्रपाका ३ वडा अध्यक्ष र ३ सदस्य गरी जम्मा ६ जना सदस्य भएका निर्वाचन अधिकृत महराले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसको मेयर १ र वडा अध्यक्ष ५ गरी जम्मा ६ सदस्य छन् भने जनता समाजवादी पार्टीको वडा नं १ का अध्यक्ष गरी कार्यपालिका सदस्य १ जना छन्।
८ सदस्यीय कार्यपालिका सदस्य पदमा भएको निर्वाचनमा नेकपा एमालेले ५ पद र राप्रपाले ३ पद लिइ एमाले र राप्रपाले गठबन्धन गरेका थिए जसमा सिद्धार्थनगरका निर्वाचित ६७ सदस्यले मतदान गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्