बारामा १ सय ७ जनाले गरे रक्तदान

बारा । हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमरा, बाराले १५औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ७ जनाले रक्तदान गरेका छन् ।
बाराको सिमरामा आयोजित खुल्ला रक्तदान कार्यक्रममा सात महिलासहित एक सय सात जनाले रक्तदान गरेको संस्थाका व्यवस्थापक महेश ढुङ्गेलले जानकारी दिनुभयो ।
वीरगन्जस्थित रक्त सञ्चार केन्द्र र रेडक्रस सोसाइटी सिमरा उपशाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

हरेक बर्ष हातेमालोले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ ।
हातेमालोले यसअघि जीतपुरस्थित स्वास्थ्य चौकीलाई डेलिभरी बेड र सिमरास्थित सरस्वती आधारभूत विद्यालयलाई पङ्खा हस्तान्तरण गरेको थियो ।









प्रतिक्रिया राख्नुहोस्