तपाईँ सुन्दै हुनुहुन्छः

जेठ २० मा वीरगन्ज महानगरको कार्यपालिका निर्वाचन

बीरगंज । वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचन आगामी जेठ २० गते हुने भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार कार्यपालिका सदस्यको निर्वाचन जेठ २० गते हुने भएको भएको हो ।

प्रकाशित निर्वाचन कार्यतालिका अनुसार कार्यपालिका सदस्यका लागि मनोनयन दर्ता जेठ १७ गतेका लागि तोकिएको छ । मतदान भने जेठ २० गते हुने निर्वाचन अधिकृतको कार्यालय वीरगन्जले जनाएको छ ।

५ महिला र ३ खुल्ला सदस्य गरी कुल ८ सदस्य पदका लागि हुने निर्वाचनमा महानगरमा निर्वाचित मेयर, उपमेयर, ३२ वटै वडाका वडा अध्यक्ष र वडा सदस्य गरी कुल १६२ जना मतदाता रहेका छन् ।

वीरगन्ज महानगरमा मेयर जसपाले, उपमेयर काँग्रेसले, १३ वडामा अध्यक्ष जसपाले जितेको छ भने ९ वडामा काँग्रेस, ८ वडामा एमाले र २ वडा अध्यक्ष पद लोसपाले जितेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button