तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंज महानगरको नयाँ नेतृत्व झाडु लिएर सरसफाईमा

बीरगंज । वीरगन्जलाई स्वच्छ सफा र हराभरा बनाउने नारा लामो समयदेखि चल्दै आए पनि त्यसलाई वास्तविक स्वरूप दिन महानगरको नयाँ नेतृत्व यतिखेर तातेको छ ।

वीरगन्ज महानगरका नवनिर्वाचित मेयर राजेशमान सिंह र उपमेयर ईम्तियाज आलम सहितको टोलीले आज बिहान वीरगन्जको मेन रोडको सडक र नालाको सरसफाइको अनुगमन मात्रै होइन झाडु लिएर आफै सफा गर्न नेतृत्व प्रदान गर्नुभयो ।

मेयर सिंह र उपमेयर आलमले आज बिहान महानगरपालिका सरसफाइ शाखाका कर्मचारी, नगर प्रहरीहरूलाई सँगै लिएर विभिन्न स्थानको सडक र नाला सरसफाइ गराउनुभएको हो । दुवै जना आफैले पनि सडकमा झाडु लगाएपछि कर्मचारी र अन्य सहभागीले सरसफाईमा साथ दिएका थिए ।

वीरगन्जको बिर्ताचोक, मकालु चोक, कैलाश होटेल चोक, घडीअर्वा, माइस्थान हुँदै घण्टाघर सम्म मेन रोडको फोहोर अनुगमन टोलीले हटाएको थियो । नगर प्रमुख तथा उपप्रमुखको सहितको टोलीले स्थानीय पसलेहरूलाई सडकमा फोहोर नफाल्न अनुरोध गर्नुका साथै तोकिएको समयमा मात्रै घर भित्रको फोहोर बाहिर महानगरपालिकाको ट्याक्टरमा जम्मा गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button