महोत्तरीको बर्दिबासमा एक व्यक्ति मृत अवस्थामा फेला
बर्दिबास । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिबास नगरपालिका–४ मा गए राति एक व्यक्ति मृत अवस्थामा फेला परेको छ ।
नाम थर वतन नखुलेको अन्दाजी २९ वर्षको पैदल यात्री युवक मृत अवस्थामा फेला परेका हुन ।
मृतकको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । मृतक युवकलाई कुनै सवारी साधनले ठक्कर दिएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
मृतकको शव शुभ स्वस्तिक अस्पताल बर्दिबासमा राखिएको र पहिचानको लागि प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्