तपाईँ सुन्दै हुनुहुन्छः

राजकुमार चाल्स  शरणार्थी शिविरमा

काठमाडौँ । बेलायतका राजकुमार चाल्सले बुखारेस्टस्थित युक्रेनी शरणार्थी शिविरको भ्रमण गरेर रोमानिया सरकार र स्वयंसेवकहरूले त्यहाँ गरिरहेको सहायता प्रयासबारे जानकारी लिनुभएको छ । 

एक जना दोभाषेमार्फत युक्रेनीहरूको समूहसँग कुरा गर्दै उहाँले आफ्नो भाषा सीपको अक्षमताका निम्ति क्षमा याचना गर्दै  कठिन परिस्थितिमा उनीहरूले देखाएको असाधारण साहस, धैर्य र सहनशीलताको प्रशंसा गर्नुभयो । युक्रेनी बच्चाहरूले उहाँलाई परम्परागत युक्रेनी ढाँचामा चित्रित काठको चम्चा उपहारस्वरूप प्रदान गरेका थिए ।  

रुस–युक्रेन युद्ध शुरु भएयता १० लाख युक्रेनी शरणार्थीका रुपमा रोमानिया पुगेका छन् ।  शरणार्थीहरूमा प्रायः महिला र बालबालिका छन् । राजकुमार चाल्सका साथ रेडक्रसका अधिकारी, मुक्ति सेना र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायका प्रतिनिधि बुखारेस्ट नगरका प्रमुखलगायत उपस्थित  थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button