श्रीमान् वडाध्यक्ष श्रीमती सदस्यमा विजयी

भोजपुर । राजनीतिमा लागे पछि कहिले काही फाइदा हुन्छ भन्ने उदाहरण भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्बर २ धोद्लेखानीका जनप्रतिनिधि भएका छन् । जहाँ श्रीमानले स्वतन्त्रबाट वडाध्यक्ष पद जित्नु भयो भने श्रीमतीले महिला सदस्य ।
रामप्रसाद राई गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा २ सय ३४ मत ल्याएर राजकुमार तामाङ विजयी हुनु भयो भने श्रीमती प्रभा राईले २ सय ८३ मत पाएर महिला सदस्य बन्नु भयो । नेकपा (एकीकृत माओवादी) रामप्रसाद राई गाउँपालिका गाउँ पार्टी अध्यक्ष समेत रहेका राजकुमारलाई पार्टीले टिकट नदिए पछि उहाँ स्वतन्त्रबाट वडाध्यक्षमा पदमा उठेर विजय हुनु भएको हो । श्रीमती प्रभा भने माओवादी केन्द्रका तर्फबाट नै विजयी हासिल गरेर महिला सदस्य हुनुभयो ।
वडाको अन्य सदस्यहरूमा पनि माओवादी केन्द्रका जीवन जर्गामगर ३ सय ३६ मत, सुन्दर कुमार राई २ सय ६ मत र बिष्णा दर्जी २ सय ६४ मत सहित दलित महिला सदस्यमा निर्वाचित हुनु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्