स्थानीय तहको निर्वाचनमा पार्टीभित्रबाटै अन्तर्घात भयो: अध्यक्ष ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेअनुसार नतिजा ल्याउन नसकेको बताउनुभएको छ ।

नेकपा (एमाले) सङ्घीय संसदीय दलको बानेश्वरस्थित ल्होत्से हलमा आज आयोजित बैठकमा उहाँले पार्टीले स्थानीय तहको निर्वाचनमा सोचेअनुरूप नतिजा ल्याउन नसक्नुको कारण पार्टीभित्रकै अन्तर्घात भएको बताउनुभयो ।
अध्यक्ष ओलीले निर्वाचनमा पार्टीभित्रै अन्तर्घातबारेमा गम्भीर समीक्षा गर्न जरुरी भएको र प्रमुखले जितेको ठाउँमा पनि उपप्रमुखले हार्नुले पनि यो कुरा प्रस्ट भएको छ भन्नुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्