महाराजगंज नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी
कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।
नगरप्रमुखमा अब्दुल कलाम मुसलमान र उपप्रमुखमा रीता कुमारी कुर्मी विजयी हुनुभएको हो ।
अब्दुल कलामले १० हजार २ सय मत प्राप्त गरी विजयी हुनु भएको छ भने, उहाँको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राम दास चौधरीले ८ हजार ६ सय ६८ मत प्राप्त प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।
त्यस्तै उपप्रमुखमा नेपाली काँग्रेसकै रीता कुमारी कुर्मीले ११ हजार १ सय ६७ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
उहाँको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकै भानमति यादवले ७ हजार २ सय मत प्राप्त प्राप्त गर्नुभएको छ ।
महाराजगंज नगरपालिकाको प्रमुख र उपप्रमुखमा यसअघि पनि नेपाली काँग्रेसले नै जितेको थियो ।
११ वटा वडा रहेको महाराजगंज नगरपालिकामा ८ वडामा नेपाली कांग्रेस, एक÷एक वडामा नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनता प्रगतिशील पार्टी नेपाल विजयी भएको छ ।








प्रतिक्रिया राख्नुहोस्