तपाईँ सुन्दै हुनुहुन्छः

ज्येष्ठ राजनीतिज्ञ पन्तको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका ज्येष्ठ राजनीतिज्ञ हरिप्रसाद पन्तको निधनप्रति दुःख व्यक्त गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी डोटी शिखर नगरपालिका–९ निवासी पार्टीका ज्येष्ठ राजनीतिज्ञ ७७ वर्षीय पन्तको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । पन्तको मङ्गलवार बेलुका ५ बजे कैलालीको नोभा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

“स्वर्गीय पन्तले पार्टीको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नाका साथै सामाजिक र शैक्षिक क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएको थियो,” काँग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पन्तको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्व गुमाएको काँग्रेसले जनाएको छ ।

पन्तको निधनप्रति काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले स्व पन्तप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button