तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा अटो दुर्घटना हुँदा एकको मृत्यु तीन घाइते

रोल्पा । रोल्पामा अटो दुर्घटना हुँदा चालकको घटनास्थलमा मृत्यु भएको छ भने, अटोमा सवार ३ जना घाइते भएका छन् ।

रोल्पाको रोल्पा नगरपालिका वडा नम्बर २ मा पर्ने सिमलवाङमा आज करिब साढे ४ बजे लिवाङ बजारबाट माडिचौर यात्रु लिएर  जाँदै गर्दा रा १ ह ४३४७ नम्बरको अटो अनियन्त्रित भएर सडक देखि ५० मिटर तल खसेको थियो । दुर्घटनामा परि अटो चालक रोल्पा नगरपालिका वडा नम्बर २ थलीवाङ निवासी २९ वर्षीय महेश कुवरको घटनास्थलमा मृत्यु भएको प्रहरीले बताएको छ ।

अटोमा सवार रोल्पा नगरपालिका वडा नम्बर ७ माडिचौर निवासी ५३ वर्षीय दल बहादुर पुन, ५२ वर्षीय जानसिह पुन र ४७ वर्षीय सहवीर खत्री घाइते भएको र घाइते हुनेहरूको टाउको, अनुहार र शरीरको अन्य भागमा चोट लाग्नुको साथै  हात समेत भाँचिएकोले रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पा प्रमुख प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button