तपाईँ सुन्दै हुनुहुन्छः

बाराको पचरौता नगरपालिकामा नेकपा एमालेबाट प्रमुख र उपप्रमुख पदमा  विजयी

बारा । बाराको पचरौता नगरपालिकामा नेकपा एमालेका उम्मेदवार प्रमुख र उपप्रमुख पदमा  विजयी भएका छन् । 

एमालेको तर्फबाट प्रमुख पदमा उम्मेदवार रहेका जलन्धर सिंह ४ हजार ७ सय ३२ मत ल्याएर विजयी हुनुभएको हो  । उहाँको निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट प्रमुख पदका उम्मेदवार निवर्तमान मेयर रमेश कुमार यादवले ४ हजार ४ चार सय ६१ मत ल्याउनुभएको थियो । 

यस्तै उप प्रमुखमा एमालेको तर्फबाट उम्मेदवार नसिमा खातुन ४ हजार ५ सय ३८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उप प्रमुख पदको निकटतम प्रतिद्वन्द्वी लोसपा बाट उम्मेदवार सगुफा खातुन ४ हजार १ सय ६३ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button