‘नयाँ निर्देशिका तर्जुमा गरेर मात्र न्यायाधीश नियुक्ति गरिने’
काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले सबै तहका न्यायाधीशहरूको नियुक्ति नयाँ निर्देशिकाको तर्जुमा गरेर मात्र गरिने बताउनुभएको छ ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले न्यायाधीशहरूको नियुक्तिसम्बन्धी निर्देशिका सम्बद्ध निकायहरूको सहमतिमा छिट्टै निर्माण गरी सोही अनुसार मात्र न्यायाधीश नियुक्ति गरिने बताउनुभएको हो ।
न्याय परिषद्को सदस्य समेत रहनुभएका मन्त्री शर्माले न्यायाधीश बनाउँदा उनीहरूको कार्यक्षमता, न्यायप्रतिको निष्ठा आदिको मूल्याङ्कनलाई आधार बनाउने पनि बताउनुभयो ।
उहाँले सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको तर्जुमाको लागि सम्बन्धित सरोकार भएकाहरूसँग काठमाडौँमा छलफल गरेको बताउनुभयो । मन्त्री शर्माले ७ वटै प्रदेशमा छलफल गरी प्राप्त सुझावसहित सर्वोच्च अदालतको फैसला लगायतका आधारमा कानुन तर्जुमाको काम असार सम्ममा सकिसक्ने बताउनुभयो ।
मन्त्री शर्माले कानुन आयोगलाई कानुनसम्बन्धी अध्ययन अनुसन्धान गर्ने थिंक ट्याङ्कको रुपमा अघि बढाउने समेत उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्