अशक्त नागरिकलाई सरकारी कार्यालय आवतजावत गर्दा यातायात सुविधा उपलब्ध गराइने
भोजपुर । भोजपुरको आमचोक गाउँपालिकामा दोस्रो पटक पाँच बर्से कार्यकालका लागि अध्यक्ष बन्नुभएका अशोक राईले पालिका भित्रका वृद्ध, अशक्त नागरिकहरूलाई सरकारी कार्यालयमा आवतजावत गर्दा यातायात सुविधा उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

पालिका भित्रका वृद्ध र अशक्त नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन र कार्यालयको कामकाजका लागि वडा कार्यालय, गाउँपालिका र बैङ्कहरूमा जान र आउनका लागि समस्या हुने भएकाले नागरिक यातायात सेवा सञ्चालन गर्न आवश्यक देखिएको नवनिर्वाचित अध्यक्ष राईको भनाई छ ।
पालिकाले क्यान्सर, मिर्गौला रोगी, मुटुको अपरेसन, मष्तिष्कघात लगायत बिरामीहरूका लागि नागरिक उपचार कोष समेत स्थापना गर्ने निर्णय गरेको छ । सोही स्थापना भएको कोषबाट रोगीहरूले उपचारका लागि १ लाख उपचार खर्च समेत पाउने छन् ।
१० वटा वडा रहेको आमचोक गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै नेकपा (माओवादी केन्द्र)ले जितेको हो । यहाँको कुल जनसङ्ख्या १५ हजार २ सय ३७ रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्