सर्लाहीको बरहथवा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका कल्पना कुमारी कटुवाल विजयी हुनुभएको छ ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट कटुवाल जिल्लामा पालिका प्रमुख बन्ने एक मात्र महिला मेयर बन्नुभएको छ।
कटुवाल १२ हजार २ सय ७३ मत ल्याएर मेयरमा निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार निवर्तमान मेयर देवान्नद महतोले ६ हजार ६ सय ६६ मत प्राप्त गर्नुभयो । कटुवालले निवर्तमान मेयर महतोले भन्दा ५ हजार ६ सय ७ मत बढी ल्याउनुभयो ।
त्यसैगरी बरहथवा नगरपालिकामा उपप्रमुखमा पनि एमालेले नै विजयी भएको छ । एमालेका उम्मेदवार रामबाबु प्रसाद साह ९ हजार ९ सय १ मत प्राप्त गरेर निर्वाचित हुँदा प्रतिस्पर्धी नेपाली काँग्रेसकी उम्मेदवार गङ्गा दाहालले ७ सात १ सय २९ मत ल्याउनुभयो ।
बरहथवा नगरपालिकाको मत परिणाम सार्वजनिक भएसँगै सर्लाहीको २० वटै पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।
जसमध्ये नेपाली काँग्रेसले १२, माओवादी केन्द्रले चार, जनता समाजवादी पार्टी (जसपा)ले दुई, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एक र नेकपा एमालेले एक पालिका जितेको छ ।








प्रतिक्रिया राख्नुहोस्