बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख पौडेलद्वारा पदभार ग्रहण

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख राजन पौडेलले आज पदभार ग्रहण गर्नुभएको छ ।
जिल्ला न्यायाधीश एवम् बाराका मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीसमक्ष आइतबार शपथ ग्रहण गर्नुभएका पौडेलले आज पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गरेसँगै नगर प्रमुख पौडेलले सामुदायिक विद्यालयमा भर्ना हुने आधारभूत तहका विद्यार्थीलाई निःशुल्क पोसाक उपलब्ध गराउने पहिलो निर्णय गर्नुभएको छ ।
उहाँले कक्षा १ देखि ५ सम्म भर्ना हुने विद्यार्थीलाई निःशुल्क पोसाक उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
पदभार ग्रहण गर्नुअघि उहाँले जनयुद्धका सहिद परिवारलाई सम्मान गर्नुभएको थियो ।
पदभारपछि ग्रहणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै नगर प्रमुख पौडेलले जनयुद्धकै बलमा आफूले उपमहानगरपालिकाको नगर प्रमुख सम्मको यात्रा तय गर्न सकेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्