तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटको वृन्दावन नगरपालिकाको प्रमुख र उपप्रमुखमा एकीकृत समाजवादी बिजयी

रौतहट । रौतहटको वृन्दावन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एकिकृत समाजवादीले विजय हासिल गरेको छ । 

नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट प्रमुखका उम्मेदवार विनोद प्रसाद कुर्मीले ६ हजार १ सय १२ मत र उपप्रमुखमा सङ्गीता कुमारी रामले ५ हजार ७ सय ७२ मत प्राप्त गरी बिजयी हुनुभएको हो । 

प्रमुख पदका उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामस्नेही राय यादवले ४ हजार ६ सय ७८ मत र उपप्रमुख पदका निकटतम प्रतिद्वन्द्वी शैतुन खातुनले मत ४ हजार ६ सय ८८ प्राप्त गर्नुभयो  । 

यस्तै, वडा नम्बर १ मा नेकपा एकीकृत समाजवादीका रामनाथ सहनी वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका सिकिन्द्र राउत कुर्सी वडा नम्बर ३ मा नेकपा एमालेका हरिनारायण साह, वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका श्यामनन्दन राय, वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रका टेकु दास, वडा नम्बर ६ मा नेकपा एकीकृत समाजवादीका मोहर मन्सुर, वडा नम्बर ७ मा नेकपा एकीकृत समाजवादीका जगनाथ प्रसाद भेडाहरू, वडा नम्बर ८ मा नेकपा एकीकृत समाजवादीका रवीन्द्र प्रसाद साह, वडा नम्बर ९ मा नेकपा एकीकृत समाजवादीका परबेज आलम बिजयी हुनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button