भीम रावलको वडामा गोलाप्रथामा हारे एमाले उम्मेदवार

अछाम।अछामको साँफेबगर नगरपालिका ६ भाग्यश्वरमा गाेला प्रथाबाट स्वतन्त्र उम्मेदवारले जीत हासिल गर्नुभएको छ ।
नेकपा एमालेका उम्मेदवार दुधकला विष्टसंग मत बराबर भए पछि नेकपा एमालेबाट टिकट नपाएर बागी उम्मेदवारी दिएका मीन बहादुर बाेहरा गाेला प्रथाबाट विजयी भएका हुन् ।
वडामा जम्मा खसेकाे मत ४६५ मध्ये बिष्ट र बाेहराले २२७/२२७ मत प्राप्त गरेका थिए ।मत बराबर भए पछि गाेलाप्रथाबाट बाेहराले विजय हासिल गरेका निर्वाचन अधिकृत याम नारायण गाैलीले जानकारी दिनुभयो ।बाेहराले टिकट नपाएपछि प्यानल सहित उम्मेदवारी घोषणा गर्नुभएको थियो ।
भागेश्वर एमाले पूर्व उपाध्यक्ष भीम रावलको वडा हाे ।








प्रतिक्रिया राख्नुहोस्