तपाईँ सुन्दै हुनुहुन्छः

रङ्गेली नगरपालिकामा एमाले विजयी


विराटनगर।मोरङको रङ्गेली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।

प्रमुखमा दिलीप बगडियाले १२ हजार ८५१ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोदराज घिमिरेले नौ हजार ६१ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा एमालेका भूमाकुमारी पराजुलीले ११ हजार ७९० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका पन्नालाल मण्डलले पाँच हजार १७५ मत प्राप्त गर्नुभएको छ ।

नौ वडा रहेको नगरपालिकामा सबै वडाध्यक्षमा एमाले विजयी भएको छ । वडा नं ६ मा जनता समाजवादी पार्टी नेपालकी सरस्वतीदेवी बहरदारले सदस्य पदमा जीत हासिल गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button