तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा ढुङ्गाले लागेर एक बालकको मृत्यु

जाजरकोट । बारेकोट गाउँपालिका–९ सक्लामा ढुङ्गाले लागेर आज एक बालकको मृत्यु भएको छ ।

बारेकोट–७ सुवाकोट मामाघर जाने क्रममा राजु विकका दुई वर्षीय छोरा रोहितको घटनास्थलमै मृत्यु भएको स्थानीय धनजीत महरले जानकारी दिनुभयो ।

महरका अनुसार रोपाछरास्थित भिरमा बाख्राले खसालेको ढुङ्गा लागेर रोहितको मृत्यु भएको हो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button