तपाईँ सुन्दै हुनुहुन्छः

घाँस काट्ने क्रममा बाघको आक्रमणबाट एक महिलाको मृत्यु 

चितवन । चितवनमा आज दिउसो बाघको आक्रमणमा परेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ की फूलकुमारी बोटे रहेकी छिन । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनी दिउसो २ बजे सोही वडाको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएको बेला बाघको आक्रमणमा परेकी थिइन् । आक्रमणमा परेको खबर पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी र  राष्ट्रिय निकुञ्जको हात्ती सहितको टोलीले आज अपराह्न ५ बजे आक्रमण स्थलभन्दा ७०० मिटर पर उनको शव फेला पारेको हो । 

उनको शवलाई सुरक्षित स्थानमा ल्याई मुचुल्का लगायतको कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button