वीरगंजमा सिंह १६ हजार बढी मतले अगाडि

वीरगंज । वीरगंज महानगरपालिकाको प्राप्त पछिल्लो मत गणनाको जानकारी अनुसार पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंहले नेकपा एमालेका विजय कुमार सरावगीभन्दा सिंह १६ हजार ९२ मतान्तरले अगाडि रहनु भएको छ ।
सिंहले ३३ हजार ८ सय ४९ मत ल्याउँदा नेकपा एमाले र लोसपाको गठबन्धनका साझा उम्मेदवार सरावगीले १७ हजार ७ सय ५७ मत प्राप्त गर्नु भएको छ ।
उपप्रमुखमा पनि पाँच दलीय गठबन्धनबाट नेपाली काँग्रेसका इम्तियाज आलमको अग्रता कायमै राख्नु भएको छ । आलम निकटतम प्रतिद्वन्द्वी एमाले लोसपा गठबन्धनका उम्मेदवार पुरुषोत्तम लाल झा भन्दा १६ हजार ८ सय ३९ मत बढीले अग्रता लिनु भएको छ ।
आलमले २२ हजार ८ सय १३ मत पाउँदा झाले ५ हजार ५ सय ५९ मत ल्याउनु भएको छ ।
वीरगञ्ज महानगरपालिकाको अहिले सम्म ३२ वडामध्ये २२ वडाको मतगणना सकिएको छ । अहिले १० वटा वडाको गणना जारी रहेको छ ।
वीरगञ्ज महानगरपालिकाको अहिलेसम्म २२ वटा वडाको मतगणनाको पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले ८ वटा वडामा विजय हासिल गरेको छ भने जसपा ९ वटा वडामा विजयी भएको छ ।
त्यसैगरी नेकपा एमालेले ४ वटा वडा र लोसपाले १ वडामा अध्यक्ष पदमा विजयी भएको पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्