पोखरा महानगरमा आचार्यको ३ हजार ४ सय बढी मतको अग्रता

पोखरा । पोखरा महानगरपालिकामा १ लाख ७ हजार ९६२ मत गणना सम्पन्न भएको छ । महानगरको प्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्यले ४३ हजार २९५ मतका साथ अग्रता लिइरहनुभएको छ ।
आचार्यका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ३९ हजार ७९८मत प्राप्त गर्नु भएको छ । त्यस्तै राप्रपाका उम्मेदवार शङ्कर खरालले ४ हजार ८१५ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपमेयरमा नेकपा एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङले ४४ हजार ९५० मतका साथ अग्रता लिइरहनुभएको छ । उहाँलाई नेपाली काँग्रेसका उम्मेदवार कोपिला रानाभाटले ४३ हजार २९१ मतका साथ पच्छ्याइरहनु भएको छ । त्यस्तै राप्रपाकी रञ्जना सेनले ४ हजार ७४१ मत प्राप्त गर्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्