धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार निर्वाचित हुनुभएको छ ।
एमालेका प्रमुख पदका उम्मेदवार सुखदेव यादव ७ हजार ९ सय १३ मत ल्याएर निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका जिल्ला सभापति एवं निवर्तमान मेयर योगेन्द्र पजियारले ७ हजार ३ सय मत ल्याउनुभएको छ ।
उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार रचना श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँले ७ हजार ५ सय ५० मत ल्याएर निर्वाचित हुनुभएको छ भने उहाँको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सालिनी चौधरीले ७ हजार ५ सय ११ मत ल्याउनुभएको छ ।
धनुषा जिल्लामा अब जनकपुरधाम उपमहानगर बाहेक अन्य सबै पालिकाको मत परिणाम आइसकेको छ ।
धनुषामा सार्वजनिक भएको १७ पालिका मध्ये १० वटा पालिकामा काँग्रेस, ३ वटामा जसपा तथा ३ वटामा नेकपा एमाले र १ वटामा नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्