तपाईँ सुन्दै हुनुहुन्छः

पथरी शनिश्चरे नगरपालिकामा एमाले विजयी

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का मोहनप्रसाद तुम्वापोले १२ हजार ९५६ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नगेन्द्रबहादुर सुब्बाले ११ हजार १४६ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा एमालेका देवीमाया काफ्लेले ११ हजार ७४७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कविता पराजुलीले ११ हजार ३९० मत प्राप्त गर्नुभएको छ ।

पालिकाको १, २, ७, ९ र १० मा एमालेका उम्मेदवारहरू वडाध्यक्षमा निर्वाचित भएका छन् भने काँग्रेसका उम्मेदवारहरूले ३, ४, ५, ६ र ९ वडाको अध्यक्षमा विजय हासिल गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button