तपाईँ सुन्दै हुनुहुन्छः

गैडहवा गाउँपालिकामा एमाले विजयी

भैरहवा । गठबन्धनका उमेद्बारलाई परास्त गर्दै रुपन्देहीको गैडहवा गाउँपालिकामा नेकपा एमालेका उमेद्बार विजयी भएका छन् ।

पालिका अध्यक्षमा सुरेन्द्र पौडेल ५ हजार ६ सय ३१ मत सहित विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बसीउल्लाह मुसलवानले ४ हजार ३ सय ८८ मत ल्याए ।

उपाध्यक्षमा एमालेबाट उमेद्बार बनेकी माधुरी जयसवाल विजयी भएकी छिन् । उनले ४ हजार ७ सय ५६ मत ल्याएकी हुन । नेपाली काँग्रेसकी मञ्जु न्यौपानेले ४ हजार ६ सय ५९ मात्रै मत ल्याउन सकिन ।

योसँगै नेकपा एमाले रुपन्देहीका ३ पालिकामा विजयी भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button