तपाईँ सुन्दै हुनुहुन्छः

कृष्णनगर नगरपालिका प्रमुखमा काँग्रेसका शाह विजयी

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रजतप्रताप शाह विजयी हुनुभएको छ ।

शाह ५ हजार ६ सय ६ मत ल्याएर मेयरमा निर्वाचित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रजौरियाले ४ हजार १ सय १२ मत ल्याउनुभएको थियो । शाह ०७४ सालमा कृष्णनगरको मेयरमा स्वतन्त्रबाट निर्वाचित हुनुभएको थियो ।

उपमेयरमा काङ्ग्रेसकै आरतीदेवी चौधरी ५ हजार ६ सय ९१ मत ल्याएर विजय हुनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) की आरती सिंह यादवले ३ हजार २ सय ८२ मत प्राप्त गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button