तपाईँ सुन्दै हुनुहुन्छः

बिर्तामोड नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

झापा । झापाको बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी बनेको छ । प्रमुखमा पवित्रा महतारा प्रसाईँ र उपप्रमुखमा नगेन्द्र सङ्ग्रौला विजयी बन्नुभएको हो ।

महतराले नेपाली काँग्रेसका भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गर्नुभएको छ । उहाँले १६ हजार ५२० मत प्राप्त गर्दा सिटौलाको १२ हजार ७६२ मत आएको छ ।

उपप्रमुखमा सङ्ग्रौला १५ हजार ५८६ मत प्राप्त गरी विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी माओवादीका सीपी कडरियाले आठ हजार ४५१ मत प्राप्त गर्नुभयो ।

यसअघि उपप्रमुख रहनुभएकी महतारा झापामा नगरपालिकाको प्रमुखमा निर्वाचित हुने पहिलो महिला पनि बन्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button