बागमती गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा घलान र तिमल्सिना विजयी
मकवानपुर । मकवानपुरको पूर्वी बागमती गाउँपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ ।
सत्तारुढ गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्केश घलान अध्यक्षमा र नेपाली काँग्रेसका उम्मेदवार फणीन्द्र तिमल्सिना उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

घलानले नेकपा एमालेका उम्मेदवार खेम जर्गा मगरलाई पराजित गर्नुभएको हो । घलानले ७ हजार ३८४ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी जर्गा मगरले ६ हजार १६६ मत प्राप्त गर्नुभएको थियो ।
उपाध्यक्षमा विजयी तिमल्सिनाले ७ हजार ९३५ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेकपा एमालेकी धनमाया स्याङ्तानले ४ हजार ६६९ मत प्राप्त गर्नुभयो ।
बागमती गाउँपालिकामा माओवादी ५, एमाले ३ र कांग्रेस एक वडामा विजयी भएको निर्वाचन अधिकृत हरि उपाध्यायले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्