कविलासीमा नगर प्रमुख र उपप्रमुखमा काँग्रेसका यादव र कर्ण निर्वाचित
सर्लाही । सर्लाहीको कविलासी नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका ब्रह्मदेव राय यादव र पुनम कर्ण निर्वाचित हुनुभएको छ ।

नगर प्रमुखमा निर्वाचित यादवले ६०४४ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार रामनरेश रायले ४६६३ मत पाउनुभयो ।
उप–प्रमुखमा निर्वाचित कर्णले ६९०७ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी जसपाकी राधादेवीले ४९१६ मत प्राप्त गर्नुभएको छ ।
योसँगै सर्लाहीमा सम्पन्न १९ पालिकाको नतिजा अनुसार नेपाली काँग्रेसले १२ वटा पालिकामा जित निकालेको छ ।








प्रतिक्रिया राख्नुहोस्