तपाईँ सुन्दै हुनुहुन्छः

‘नगरपालिकामा नयाँ शिराबाट काम सञ्चालन गरिन्छ’

अछाम । अछामको मङ्गलसेन नगरपालिकामा दोस्रो पटक नगर प्रमुखमा निर्वाचित पदम बहादुर बोहराले मङ्गलसेन नगरपालिकामा नयाँ शिराबाट काम सञ्चालन गरिने बताउनुभएको छ ।

पहिलो कार्यकालमा मङ्गलसेन नगरपालिकाका नगरवासीको सेवामा खटिनुभएका जनप्रतिनिधिको सम्मान तथा बिदाइ कार्यक्रममा बोहराले शपथ लिने बित्तिकै मङ्गलसेनको विकासका लागि राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारीसँग छलफल गरी संयन्त्र निर्माण गरेर कार्य सञ्चालन गरिने बताउनुभयो ।

मङ्गलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्यायले नगरमा अझै थुप्रै अधुरा काम रहेकाले नयाँ जनप्रतिनिधिलाई कुशलता पूर्वक सम्पन्न गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button