प्रथम मेयरकै सल्लाह लिएर विकास गर्छु: नगर प्रमुख थारु
बर्दिया । बर्दियाको बारबर्दियाका नवनिर्वाचित नगरप्रमुख र प्रथम नगरप्रमुखले एक मञ्चबाट बारबर्दियाको विकास र समृद्धिका लागि हातेमालो गरेर अगाडी बढ्ने उद्घोष गर्नुभएको छ ।

बारबर्दिया नगरपालिकाका नवनिर्वाचित पदाधिकारहरूको शपथ ग्रहण कार्यक्रममा प्रथम र बहालवाला नगर प्रमुखहरूले उक्त कुरा बताउनुभएको हो ।
नेपाली काँग्रेसबाट नवनिर्वाचित बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले प्रथम नगर प्रमुख तथा जनप्रतिनिधिहरूले सहयोग गर्नेमा आशावादी रहेको बताउनुभयो ।
बारबर्दिया नगरपालिकाका प्रथम नगर प्रमुख दुर्गाबहादुर थारु कबिरले बारबर्दिया नगरपालिकालाई समृद्ध बनाउन आफु सधैँ तत्पर रहेको बताउनुभयो । यसअघि सुरु भएका योजना तथा कार्यक्रमहरूले निरन्तरता पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

यस अघि नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर दुर्गाबहादुर थारु कबिर नगर प्रमुख हुनुहुन्थ्यो ।
बारबर्दियाका निर्वाचित सबै जनप्रतिनिधिहरूले शपथ ग्रहण गरी पदभार सम्हाल्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्