गण्डकी प्रदेशका तीन पालिका प्रमुखमा महिला निर्वाचित

पोखरा । गण्डकी प्रदेशका ८५ ओटा स्थानीय तह मध्ये तीन वटा पालिका प्रमुखमा महिला निर्वाचित भएका छन् ।
प्रदेशका १५ ओटा पालिका प्रमुखमा महिलाको उम्मेदवारी परेता पनि तीन ओटा पालिका प्रमुखमा बाहेक अन्यत्र भने महिला उम्मेदवार पराजित हुनुपर्यो । ३ मात्र पालिकामा महिला प्रमुखमा निर्वाचित हुनेहरूमा नवलपुरको हुप्सेकोट गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डे, पर्वतको मोदी गाउँपालिकामा नेकपा एमालेकी उम्मेदवार हीरादेवी शर्मा र बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार गण्डकी थापा हुनुहुन्छ । स्थानीय तह निर्वाचन २०७९ उहाँहरू तीन जना पालिका प्रमुखमा निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।
अन्य स्थानमा पालिका प्रमुख पदमा उम्मेदवारी दिएका १२ महिलाहरू भने पराजित हुनुभयो । कास्कीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष पदमा हरिमाया तिमिल्सिनाले नेकपा माओवादी केन्द्रबाट, पुतलीबजार नगरपालिका स्याङ्जामा सीमाकुमारी क्षेत्री नेकपा एमाले बाट, स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा माया रानाले काँग्रेसका तर्फबाट, अर्जुनचौपारी गाउँपालिकामा चीनमाया गुरुङ एमाले बाट, भीरकोट नगरपालिकामा रेखा बस्याल माओवादी केन्द्रको तर्फबाट पालिका प्रमुखमा उम्मेदवारी दिनुभएको थियो ।
त्यस्तै तनहुँको म्याग्दे गाउँपालिका अध्यक्षमा काँग्रेसबाट मायादेवी राना आले, गोरखा नगरपालिकामा एमालेबाट सम्झना देवकोटा, म्याग्दीको धौलागिरि गाउँपालिकामा एमालेबाट थम्सरा पुन, रघुगंगा गाउँपालिका अध्यक्षमा मिना विक, मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेपाली कांग्रेस बाट छिरिङ ओङमा घले, मुस्ताङको थासाङ गाउँपालिकामा नेपाली कांग्रेस बाट बालकुमारी शेरचनले पालिका प्रमुखमा उम्मेदवारी दिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्