हुम्लाको चङ्खेलीमा स्वतन्त्र उम्मेदवार विजयी
हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाहीले एक हजार ६ सय ९५ मत प्राप्त निर्वाचित हुनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का गोविन्द बहादुर शाही उम्मेदवार हुनुहुन्थ्यो ।
यस्तै उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का प्रेमकला शाहीले एक हजार ३ सय ७२ मत प्राप्त गरी जित हासिल गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मैना बुढा एक हजार १ सय ७३ मत प्राप्त गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्