सप्तरीको खडक नगरपालिका प्रमुखमा माओवादी र उप प्रमुखमा जसपा विजयी

सप्तरी । सप्तरीको खडक नगरपालिकाको नगर प्रमुखमा नेकपा माओवादी केन्द्र र उप प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी हुनुभएको छ ।
नगर प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार जयप्रकाश चौधरी थारु र उप प्रमुखमा जसपाकी उम्मेदवार रिताकुमारी चौधरी विजयी हुनुभएको हो ।
नगर प्रमुख पदमा निर्वाचित जयप्रकाशले ५ हजार ८८२ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी जसपाका हेमायु हकले ५ हजार ६७ मत प्राप्त गर्नु भयो । हक निवर्तमान नगर प्रमुख पनि हुन ।
त्यस्तै उप प्रमुखमा रिताकुमारीले ६ हजार २३१ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी यसमिन सुलतान खातुनले ३ हजार २१० मत प्राप्त गर्नुभयो ।
वडा अध्यक्षमा जसपाले वडा नम्बर २, ६, ९ र ११, काँग्रेसले ३, ८ र १०, नेकपा (एस) ले ४ र ५ तथा लोसपा र माओवादीले क्रमशः १ र ६ वडा अध्यक्षमा निर्वाचित भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्