विराटनगर महानगरपालिकाको प्रमुखमा कोइरालाको फराकिलो अग्रता कायमै

विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका नागेश कोइरालाले ३२ हजार ३ सय १२ मतका साथ अग्रता लिइरहनु भएको छ । भने, उहाँका प्रतिस्पर्धी नेकपा एमालेका सागर कुमार थापाले १८ हजार ८ सय ३५ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपप्रमुखमा एमालेका सिल्पा कार्कीले २२ हजार १५ मत प्राप्त गरी अग्र स्थानमा हुनुहुन्छ भने नेकपा (एकीकृत समाजवादी) अमरेन्द्र यादवले १२ हजार ३ सय ६६ मत प्राप्त गरी उहाँलाई पछ्याइ रहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्