तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर महानगरपालिकामा ५५ हजार बढी मतगणना, दाहालको ३ हजार बढी मतको अग्रता  

चितवन । भरतपुर महानगरपालिकामा ५६ हजार ८ सय ५४ मतको गणना सकिएको छ ।

महानगरको पछिल्लो मत गणना अनुसार पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) की रेणु दाहालले २१ हजार ४ सय ९२ मत सहित अग्रता लिइरहनु भएको छ । भने, नेकपा (एमाले)का विजय सुवेदीले १८ हजार २ सय ७० र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार १ सय ३३ मत प्राप्त गर्नुभएको छ ।    

यस्तै उपप्रमुखमा काँग्रेसका चित्रसेन अधिकारीले २३ हजार ८ सय ६१ मत प्राप्त गरी अग्र स्थानमा हुनुहुन्छ भने राप्रपाकी हिमला गुरुङले १४ हजार २८ मत प्राप्त गरी उहाँलाई पछ्याइ रहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button