तपाईँ सुन्दै हुनुहुन्छः

हालसम्म ६ सय ४८ पालिकाको मतपरिणाम सार्वजनिक

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणना आज दिउसो २ः०० बजे सम्ममा ६ सय ४८ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले २ सय ९१, नेकपा एमालेले १ सय ७९, नेकपा माओवादी केन्द्रले १ सय १२, नेकपा (एकीकृत समाजवादी) ले १४, जनता समाजवादी पार्टी (जसपा) ले २० र अन्यले ३२ स्थानमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी, उपाध्यक्ष तथा उपप्रमुखमा नेपाली काँग्रेसले २ सय ६४, नेकपा एमालेले २ सय १, नेकपा (माओवादी केन्द्र) ले १ सय २०, जनता समाजवादी पार्टी (जसपा) ले १४ र अन्यले ४९ स्थानमा विजयी हासिल गरेको आयोगले जनाएको छ ।

त्यस्तै, वडा अध्यक्ष पदमा नेपाली काँग्रेस २ हजार ४ सय १६, नेकपा एमाले १ हजार ९ सय २९, नेकपा (माओवादी केन्द्र) ९ सय ९२, जनता समाजवादी पार्टी  २ सय ४४ र अन्यले ५ सय २८ गरी ६ हजार १ सय ९ वटा वडामा वडा अध्यक्ष विजयी हुनुभएको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button