तपाईँ सुन्दै हुनुहुन्छः

मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित

जनकपुरधाम । धनुषा जिल्लाको मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित हुनु भएको छ । 

मेयरमा काँग्रेसका उम्मेदवार महेन्द्र महतोले ७ हजार ३१ मत सहित निर्वाचित हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजाराम महतोले ६ हजार ९ सय ४० मत प्राप्त गरे ।

उपमेयरमा नेकपा एमालेका सुनिता सिंह बुढाथोकी निर्वाचित हुनु भएको छ । उहाँले ७ हजार ४ सय १४ मत प्राप्त गर्नु भएको छ । काँग्रेसका निर्मला कोइरालाले ६ हजार ७ सय ३५ मत पाएकी हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button