तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको जानकी गाउँपालिकामा नेपाली कांग्रेस विजयी

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । काँग्रेसका छब्बन खाँ अध्यक्ष र रामप्यारी यादव उपाध्यक्षमा निर्वाचित हुनुभएको छ  ।

खाँ ६६५३ मतका साथ अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हिमांशु यादवले ४७९५ मत ल्याउनुभयो । तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका राजीव कुमार बर्माले २९३८ मत पाउनुभएको छ ।

यस्तै उपाध्यक्षमा निर्वाचित यादवले ६९०९ मत ल्याउनुभयो । उहाँकी निकटतम प्रतिद्वन्द्वी एमालेकी भूमिसरा धितालले ३४५६ मत पाउनुभयो । तेस्रो भएका नेकपा माओवादी केन्द्रका रक्षाराम कुर्मीले २२२९ मत ल्याउनुभएको छ ।  जानकीमा २०७४ को निर्वाचनमा एमालेले जितेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button