तपाईँ सुन्दै हुनुहुन्छः

फाकफोकथुम गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका खनाल र राई  विजयी 

इलाम । इलामको फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार दीपेन्द्र खनाल  विजयी हुनु भएको छ । खनालले ५ हजार ३ सय २२ मत प्राप्त गर्नु भएको छ ।  निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार डिकबहादुर थापाले चार हजार ८ सय २१ मत ल्याउनु भएको छ । । 

उपाध्यक्षमा एमालेकै कल्पना राई  विजयी हुनु भएको छ । राईले ५ हजार १ सय ५८ मत प्राप्त गरी विजयी बन्नु भयो ।  निकटतम प्रतिद्वन्द्वी  नेकपा माओवादी केन्द्रका  केबी बान्तवा राईले ४ हजार १ सय ७४ मत प्राप्त गर्नु भएको छ । 

फाकफोकथुममा पनि गठबन्धन र एमाले बीच चुनावी प्रतिस्पर्धा भएको थियो । ७ वटा वडा रहेको फाकफोकथुमको वडा १, २, ४ र ७ मा काँग्रेसका वडा अध्यक्ष विजयी भएका छन् भने वडा ३, ५ र ६ को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button