तपाईँ सुन्दै हुनुहुन्छः

कोशी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित 

सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार विजयी भएका छन् । 

नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदमा ऐयुव अंसारी र उपाध्यक्ष पदमा अनिता देवी यादवे विजयी भएका हुन् । 

नेपाली काँग्रेसका उम्मेदवार ऐयुव अंसारीले ६ हजार ४ सय १६ मत र उपाध्यक्ष अनिता देवी यादवले ५ हजार ३ सय ९९  मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

नेपाली काँग्रेसका उम्मेदवार ऐयुव अंसारीका प्रतिद्वन्द्वी जनता समाजवादीको तर्फबाट अध्यक्ष पदका उम्मेदवार देव कृष्ण यादवले ५ हजार २ सय १७ मत प्राप्त गरेर पराजित भएका हुन् । 

नेपाली काँग्रेसका उम्मेदवार उपाध्यक्ष अनिता देवी यादवकी प्रतिद्वन्द्वी उपाध्यक्ष पदकी उम्मेदवार जनता समाजवादीका अणु देवी खेरवार ४ हजार ७ सय ८ मत प्राप्त गरी पराजित भएका हुन् ।   

यस पटकको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस मतले निर्वाचित भएपछि कोशी गाउँपालिका बासी खुसीयाली साटासाट गर्दै विजयी जुलुस निकालेर पालिका परिक्रमा गरिरहेका छन् ।

कोशी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूलाई कोसीवासीहरूले खुशीले आर्सीवाद सहित बधाई दिने ओइरो लागेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button