विराटनगर महानगरपालिका : प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

विराटनगर । विराटनगर महानगरपालिकाको महानगरको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेले अग्रता कायम गरिरहेको छ ।
मतगणनाको पछिल्लो परिणाम अनुसार महानगरको प्रमुखपदमा नेपाली कांग्रेसका नागेश कोइराला २५ हजार ३ सय १२ मत प्राप्त गर्नु भएको छ भने उहाँलाई नेकपा एमालेका सागरकुमार थापाले १८ हजार ८ सय ३५ मतका साथ पछाई रहनु भएको छ ।
त्यसैगरि महानगरपालिकाको उपप्रमुख पदमा नेकपा एमालेकी शिल्पा कार्कीले २२ हजार १४ मतका साथ अग्रता कायम गरिरहनु भएको छ भने उहाँलाई जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले १२ हजार ३ सय ६६ मत ल्याएर पछाई रहनु भएको छ । महानगरपालिकामा ८९ हजार ६ सय मत खसेकोमा अहिले सम्म ७७ हजार ३ सय ५ मत गणना भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्